प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

२ फागुन ०७४, काठमाडौं । प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

माओवादीको समर्थनमा एमालेले सरकार गठनका लागि आइतार नै दाबी पेश गरेको थियो । तर, सभामुख चयन भइसकेपछि मात्र पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले भोलि सपथ लिने र भोलि नै सानो आकारको मन्त्रिपरिषद् बनाउने छन् ।

तपाइको मत