३ फागुन ०७४, काठमाडौं । प्रदेश ५ मा ३ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
बिहीबार मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले दुई मन्त्री नियुक्त गरेका हुन् ।
माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी गृह (आन्तरिक मामिला तथा कानुन) र एमालेका बैजनाथ चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । केसी र चौधरीले प्रदेश प्रमुख झा समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।













