प्रदेश ६ को नाम र राजधानीका लागि दुई-दुई नाम प्रस्ताव

१२ फागुन ०७४, सुर्खेत । संविधानले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार सम्वन्धित प्रदेश सभालाई नै दिएकाले प्रदेश ६ को नाम र राजधानीका लागि दुई-दुई नाम प्रस्ताव गरिएको छ ।

प्रस्तावित नाम ‘भेरी-कर्णाली’ र ‘कर्णाली’ रहेको छ भने राजधानी सुर्खेत र जुम्ला प्रस्ताव गरिएको छ ।

शनिबार बस्ने प्रदेश सभाको चौथो बैठकमा प्रदेशको स्थायी राजधानी र नामबारे छलफल हुने उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् । बैठक दिउँसो एक बजे बस्नेछ ।

 

तपाइको मत