५ फागुन ०७४, काठमाडौं । प्रदेश ७ मा एमाले संसदीय दलको नेतामा प्रकाश शाह सर्वसम्मत चयन भएका छन् ।
तीन दिनसम्म चलेको एमाले प्रदेश कमिटि बैठकले वैकल्पिक केन्द्रिय सदस्य समेत रहेका शाहलाई संसदीय दलको नेता चयन गरेको हो ।शाह बाजुराको प्रदेशसभा (ख)बाट निर्वाचित भएका थिए ।
एमाले उपाध्यक्ष तथा प्रदेश ७ का संयोजक भीम रावललाई नेता चयनको अधिकार दिने निर्णय गरेपछि सर्वसम्मतिको प्रयास भएको थियो ।
प्रदेश सभाका २४ सदस्य मध्ये आंकाक्षी प्रकाश शाह, दीर्घ सोडारी, तारा लामा तामाङ र पठानसिंह बोहराबीच शनिबार बिहानसम्म सहमति हुन नसकेपछि मतदानद्वारा प्रक्रिया अघि बढाएको थियो ।
निर्वाचन कार्यतालिका प्रकाशित गरि प्रक्रिया अघि बढाइएपछि उमेदवारी दर्ता गराएका सोडारी र तामाङले शाहलाई नै दलको नेतामा सहमति दिएपछि शाह सर्वसम्मत चुनिएका हुन् ।
नेता चयन भएपछि शनिबार मुख्यमन्त्रीको सपथ कार्यक्रम छ । मुख्यमन्त्रीसंगै एमालेबाट पठाइने मन्त्रीहरुको टुंगो लगाएर आजै सरकाकारमा पठाउने तयारी भइरहेको एमालले जनाएको छ ।













