प्रदेश ७ मा वाम गठबन्धनका उम्मेदवार बिजयी

२४ माघ ०७४,  काठमाडौं । प्रदेश ७ मा  राष्ट्रिय सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन् ।

बुधबार भएको चुनावमा दलिततर्फ एमालेका चक्र स्नेही र अपाङ्गतर्फ महेश कुमार महरा बिजयी भएका हुन् । स्नेहीले ३ हजार ७ सय ८ मत ल्याएका छन् भने स्नेहीसंग लडेका कांग्रेसका शेरेराम पार्कीले एक हजार ८ सय ९० मत ल्याएर पराजित भए ।

अल्पसंख्यक अपाङ्गतर्फ माओवादी केन्द्रका महेश कुमार महराले ३ हजार ७ सय ८ मत ल्याई बिजयी भए भने उनका प्रतिस्पर्धी कांग्रेसका छत्रराज जोशीले एक हजार ९ सय ८ मत ल्याएका थिए । अरु सदस्यहरु यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

तपाइको मत