१ पुस, काठमाडौं । प्रधानन्मन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र तमलोपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् ।
भेटमा भट्टराई र ठाकुरले संविधान संशोधन अघि बढाउन माग गरेका छन् । संशोधनलाई थाँती राखेर चुनावको घोषणा गरे आन्दोलन चर्काउने दुबै नेताको चेतावनी दिएका छन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले संशोधन फिर्ता नहुने तर, संसदीय प्रक्रियामा गएर परिर्माजन हुन सक्ने बताएका छन् ।