प्रधानन्यायाधीशको नागरिकता छानबिनको माग गर्ने प्रदर्शनकारीहरु पक्राउ

८ फागुन ०७४, काठमाडौं । प्रधानन्यायाधीशको नागरिकताबारे छानबिन माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार  प्रधानन्यायाधीशको नागरिकताबारे छानबिनको माग गर्दै निवेदन दर्ता गर्न प्रशासन कार्यालय पुगेका डा. गोविन्द केसीको समर्थनमा  बाहिर प्रदर्शन गरिरहँदा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रधानन्यायाधीशको नागरिकता छानबिनलगायतका माग राखी डा. केसी अनशन समेत बसेका थिए । त्यसपछि उनलाई सर्वोच्चकै आदेशमा अनशनस्थलबाट पक्राउ गरिएको थियो ।

डा. केसीको अदालत अवहेलनासम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले नै प्रधानन्यायाधीशको नागरिकताको अभिलेख झिकाउन आदेश दिएको थियो ।

डा. केसीले पराजुलीको नागरिकता, शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित विचाराधीन मुद्दामा प्रभाव पार्न अनुचित काम गरेको भन्दै पराजुली प्रधानन्यायाधीश पदका लागि उपयुक्त नभएको  बताएका छन् ।

 

तपाइको मत