प्रधानन्यायाधीश पराजुलीको नागरिकताबारे बुझ्न तनहुँ प्रशासनमा निवेदन

२१ माघ ०७४, तनहुँ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताबारे बुझ्न  जिल्ला प्रशासन कार्यालय, तनहुँमा निवेदन दर्ता भएको छ ।

आइतबार डा. गोविन्द केसीको वारेसनामा उनका समर्थकले पराजुलीले कुन मितिमा नागरिकता लिएका हुन् भन्ने जानकारी माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

सूचनाको हकअन्तर्गत वारेसनामामार्फत आएको निवेदन डा. केसीका नामबाट दर्ता गरिएको प्रशासकीय अधिकृत सुरेश ढकालले बताए । डा. केसीका तर्फबाट शशीविक्रम कार्की, प्रितम सुवेदी र सागर घिमिरेले निवेदन दर्ता गराएका हुन् । निवेदनमा नागरिकको सूचनाको हकअनुसार मागेको सूचना उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।

 

तपाइको मत