२३ असोज ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोभिड–१९ संक्रमण मुक्त भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले सामाजिक सञ्जालर्मात् तीनै जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।
“प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार म सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ,” प्रेस सल्लाहकार थापाले लेखेका छन्, “हाम्रो परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ नै आएको छ ।”
यस्तै उनले शुभेच्छा र सद्भाव राख्नेहरु सबैप्रति आभार व्यक्त समेत गरेका छन् ।