प्रधानमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण प्राधिकरणको बैठक बालुवाटारमा बस्दै

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको  अध्यक्षतामा गठित पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बालुवाटारमा पहिलो पटक बस्दैछ ।

भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि दुई लाख रुपैया राहत तत्काल उपलब्ध गराउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार संसदको बैठक अबरोध गरेपछि निर्देशक समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले समितिको बैठक बोलाएका हुन् ।

कांग्रेस नेतृत्वको सरकारले घोषणा गरेको दुई लाख एकमुष्ट तत्काल उपलब्ध गराउन माग गर्दै कांग्रेसले बिहीबार बैठक अवरुद्ध गरेसँगै बैठक शुक्रबार ११ बजेसम्मको लागि स्थगित गरिएको थियो ।

गत वर्षको भूकम्पपछि तत्कालीन सरकारले प्रति परिवार २ लाख अस्थायी आवासको लागि उपलव्ध गराउने घोषणा गरेको थियो । तर भूकम्प गएको १४ महिना बितिसक्दा पनि सरकारले उक्त रकम पीडितलाई वितरण गर्न सकेको छैन ।

तपाइको मत