९ बैशाख ०७४, काठमाडौं । मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा उद्दार गरिएको छ ।
विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएर उद्दार र राहतको काम गरिरहेको प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार १८ जना नेपालीहरुको उद्दार गरेको हो ।
विभिन्न मितिमा मलेसिया पुगेका उनीहरुलाई व्यक्ति हत्या लगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले त्यसको जानकारी पाएलगत्तै नेपाल सरकारका सम्वद्ध अधिकारीहरुलाई बोलाएर उनीहरुको स्थिति बुझ्न र छिटै उद्दार गर्न विशेष निर्देशन दिएका थिए ।
सरकारको कुटनीतिक पहल र परराष्ट्र मन्त्रालयको समन्वयपछि नेपाल सरकार आफैंले हवाई टिकटको व्यवस्था गरेर बैशाख ८ गते १८ नेपालीको उद्दार गरी नेपाल ल्याइएको छ ।
उद्दार गरी नेपाल ल्याइएका नेपालीहरु:
शानबहादुर बुढा मगर – बाँके
सञ्जय कुमार नाउ – बाँके
ईश्वर बि.क. – खोटाङ
लाक्पा छिरी शेर्पा – रामेछाप
कुमार लामा – रामेछाप
कुमार भुलुन – मकवानपुर
सुब्बासिंह मोक्तान- मकवानपुर
ज्ञान बहादुर मोक्तान – मकवानपुर
सिंहबहादुर मोक्तान- बारा
राजेशकुमार वानेम – ताप्लेजुङ
सुमन कुमाल – दाङ
फडिन्द्र बहादुर कटुवाल- पाँचथर
पुष्कर बुढाथोकी- सल्यान
अमरजित कब्रिन – रुपन्देही
प्रकाश थापा – पाल्पा
सुवास राई – ओखलढुंगा
नर बहादुर घर्ति – रोल्पा
ईश्वरी लामा तामाङ – काठमाडौं