३ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम स्थगित भएको छ ।
आन्दोलनरत मधेसी तथा थारु समुदाय र आम जनताको पनि विदेश नजान भनेको तथा देशको राजनीतिक परिस्थितिले गर्दा भ्रमण टोली समेत सार्वजनिक भइसकेको भए पनि आइतबार राति भ्रमण स्थगितको निर्णय भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।
परराष्ट्रमन्त्री प्रकाशशरण महत महासभामा सहभागी हुन भारतबाटै न्यूयार्क प्रस्थान गरिसकेका छन् ।