प्रधानमन्त्रीद्वारा ग्याल्बो ल्होसारको शुभकामना व्यक्त

४ फागुन ०७४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिहरुको प्रमुख चाड ग्याल्बो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समूदायलाई शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समूदायलाई शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले नेपाल बहुजाति, बहुसाँस्कृतिक, बहुभाषिक देश भएको उल्लेख गर्दै नेपालको यस प्रकारको मौलिक विविधता राष्ट्रिय एकताको आधार रहेको बताए ।

प्रधानमन्त्री ओलीले  मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनपछि देशमा आधारभूत रुपमा राजनीतिक संक्रमणकाल सकिएको उल्लेख गर्दै निर्वाचनको परिणाम अनुसार देशले नयाँ प्रधानमन्त्री पाएको बताए ।

त्यस्तै, प्रधानमन्त्रीले राष्ट्र, राष्ट्रियता, स्वभिमान, शान्ति र लोकतन्त्रप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले संविधानले निर्दिष्ट गरेका मौलिकहकको प्रत्याभूतिका लागि सरकार सधैं प्रतिबद्ध रहने बताए ।

तपाइको मत