२७ माघ ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिन निर्वाचन आयोग पुगेका छन् ।
प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले निर्वाचन आयोगलाई मध्यावधि निर्वाचन तयारीको काम अगाडि बढाउन आग्रह गरेका छन् ।
आयोग पदाधिकारीसँग प्रधानमन्त्री ओलीले आयोगमा विचाराधीन रहेको आधिकारिकता विवादतर्फ इंगित गर्दैे आफूले सूर्य चिन्हबाहेक अरू कुनै चिन्हबाट निर्वाचन नलडेको बताएका थिए ।
ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल साथै सुवासचन्द्र नेम्वाङ पनि निर्वाचन आयोग पुगेका थिए ।
हालै प्रचण्ड–माधव समूहले आयोगमा राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार, दलको वैधानिकता दावीसहितको पत्र बुझाएको छ ।