प्रधानमन्त्रीद्वारा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त

८ बैशाख ०७४, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीको ६८औं स्थापना दिवस तथा साम्यवादी नेता क.भी.आई. लेनिनको १४७ औैं जन्म दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै सम्पूर्ण जनमसुदायमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गरेका हुन् ।

उनले प्रेस वक्तव्यमा भनेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टीको ६८ औं स्थापना दिवस तथा सर्वहारा वर्गका महान् विचारक तथा साम्यवादी नेता क. भी.आई. लेनिनको १४७ औैं जन्म दिवसको अवसरमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्पूर्ण जनमसुदायमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछ । यस अवसरमा महान् सहिदहरुप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुप्रति सम्मान र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछ ।’

प्रेस वक्तव्यको पूर्णपाठ :

press statement

तपाइको मत