परिवार दलले कुनै दलसँग एकीकरण नगर्ने
२३ चैत्र ०७४, काठमाडौं । नेपाल परिवार दलको केन्द्रीय कार्यसमितिको बैठकले परिवार दल कुनै पनि राजनीतिक पार्टीसँग एकीकरणमा नजाने निर्णय गरेको छ ।
दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा काठमाडौँमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनसँगको सहकार्य बारेमा समीक्षा समेत गरेको छ ।
परिवार दलले सरकारलाई गुण र दोषको आधारमा समर्थन वा बिरोध गर्न सकिने साथै कुनै पनि निकायवाट हुनसक्ने गलत कार्यको खबरदारी गर्ने समेत निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा कुनै पनि विवादास्पद निर्णय नगर्न र भ्रमणलाई सदभाव र आर्थिक मुद्दामा केन्द्रित गर्न सुझाव दिने निर्णय गरेको केन्द्रीय सदस्य अशोक चौधरीले जानकारी दिए ।














