प्रधानमन्त्रीले एमाले र माओवादी केन्द्रका नेताहरुसँग छलफल गर्दै

२ माघ ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी केन्द्रका नेताहरुसँग मंगलबार छलफल गर्दैछन् । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका देउवाले आजै दिउँसो मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले बिहान ९ बजे बालुवाटारमा एमाले र माओवादी केन्द्रका नेताहरुलाई छलफलका लागि बोलाइएको जानकारी दिएको छ ।

एमाले-माओवादीसँग छलफलपछि मंगलबार दिउँसो चार बजे मन्त्रिपरिषद बैठक बस्ने तय भएको र सम्भवत सोही बैठकबाट प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी सम्पर्क कार्यालय खोल्ने निर्णय पनि हुनेछ ।

तपाइको मत