१५ फागुन ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।
ताप्लेजुङमा पर्यटनमन्त्रीलगायत चढेको हेलिकोप्टर दुर्घटनापछि प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई आकस्मिक बालुवाटार बोलाएका हुन् ।
काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा हेलिकोप्टर पाप्लेजुङको तारेभीरमा करिव १ः ३० मा दुर्घटना भएको थियो ।
पाइलट प्रभाकर केसीले चलाएको एमआई एयरबस हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, मन्त्री अधिकारीका सुरक्षागार्ड अर्जुन घिमिरे, एयर डाइनेष्टीका लगानी कर्ता आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै धु्रवदास भाछिभया र प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहाल सवार थिए ।













