२१ चैत्र ०७७, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए अविश्वासको प्रस्तावबाट हटाइने बताएका छन् ।
शनिबार कांग्रेस नुवाकोटले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिए प्रतिनिधिसभा विघटनविरुद्ध आवाज उठाएका तीन दलले अविश्वासको प्रस्तावबाट हटाइने बताएका हुन् ।
‘अहिले अपोजिसनमा रहेका र हिजो प्रतिगमनविरुद्ध संघर्ष गरेका दलहरुसँग वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेस गर्छौं,’ उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं ।’
आफूहरु जनता समाजवादी पार्टीको माग पूरा गर्न प्रयासरतः रहेको बताउँदै नेता पौडेलले सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि बताए ।