प्रधानमन्त्रीले रामदेवलाई भेट्न समय निकाल्दा

१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले योगगुरु रामदेवलाई भेट्न समय निकाल्दा आइतबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन विधेयक मस्यौदामाथि छलफल गरी अनुमोदन गर्ने र आइतबारै संसद् सचिवालयमा दर्ता गर्ने प्रचण्डको तयारी पूरा हुन सकेन ।

pm

मन्त्रिपरिषद् स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले विधेयक पेस नै गरेनन्, बरु अनौपचारिक चर्चा गरेर रामदेवको शिविरमा जानु छ, छिटो सकौं भनी अन्य निर्णय सकेर छिटै बाहिरिए ।

‘प्रधानमन्त्री छिटो बाहिर निस्कने काम परेकाले संविधान संशोधनबारे बैठकमा छलफल हुन सकेन,’ सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले मन्त्रिपरिषद् बैठकपछि भने, ‘संविधान संशोधनका विषयमा अर्को दिन छलफल हुनेछ।’

प्रधानमन्त्री प्रचण्ड सवा तीन बजे नेपाली सेनाको हेलिकप्टरबाट वीरगन्ज पुगेका थिए । उनका साथमा माओवादी केन्द्रका नेता मातृका  यादव पनि थिए ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालका अनुसार रामदेवले निम्तो दिएकाले प्रचण्ड प्रधानमन्त्री उनको आग्रहलाई टार्न नसकेर गएका हुन् ।प्रधानमन्त्री रामदेवलाई भेटेर आइतबारै काठमाडौं फर्केका छन् ।

तपाइको मत