३० पुस ०७९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँग राष्ट्रपति, सभामुख लगायत पदका विषयमा छलफल हुने बताएका छन् ।
शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
माघ ३ गते मंगलबार राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाइएको पनि उनले जानकारी दिए ।













