प्रधानमन्त्रीले लगाए भाइटीका

२३ कार्तिक ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमै उनका बहिनी विष्णुमाया ढकाल र बहिनी कमलादेवी कोइरालाबाट ११ बजेर ५५ मिनेटको शुभ साइतमै भाइटीका लगाएका हुन् ।

प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवनमा र माहिली बहिनी कमलादेवी झापाको काँकडभिट्टामा बस्दछन् ।

चिकित्सकहरूले आराम गर्नू भनेकाले स्वास्थ्यलाई ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै तय गरिएका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

तपाइको मत