प्रधानमन्त्रीले साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने

७ चैत ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीले हाल देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रमलाइ विचार गरी सो बारेमा सम्बोधन गर्न लागेकोे प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटमार्फत जानकारी गराएका छन् ।

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।