१३ पुस ०७७, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको कदम लोकतन्त्रविपरीत रहेको बताएका छन् ।
नेपाली काँग्रेस भक्तपुरले संसद विघटनविरुद्ध आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
कोरोना महामारीका बीच आन्दोलन गर्न आफूहरू बाध्य भएको भन्दै उनले भने, ‘ओलीको कदम असंवैधानिक छ, लोकतन्त्रविपरीत छ ।’
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा मुद्दा परेको भन्दै उनले काँग्रेस अदालतको निर्णय पर्खने बताए ।