९ साउन, काठमाडौं । प्रधानमन्त्री ओलीले अहिले ७ बजेर २० मिनेट जाँदा राजीनामा दिएको घोषणा गरेका छन् । तर, नेपाली जनताले प्रधानमन्त्री ओलीको सम्बोधन टेलिभिजनमार्फत हेरिरहेको बेला भारतीय मिडिया “आजतक”ले साँझ ५ बजेर ४५ मिनेटमा समाचार ब्रेक गर्दै प्रधानमन्त्री ओलीले राजीनामा दिएको समाचार प्रकाशित गरिसकेको थियो ।

वेब तस्बिर
आजतकले “नेपाल के पीएम केपी ओली ने अविश्वास प्रस्तावका सामना किए बगैर दिया इस्तीफा” भन्ने शीर्षकमा साँझ ५ बजेर ४५ मिनेटमा समाचार ब्रेक गरेको थियो । संसदमा रहेका शीर्ष नेताहरु, नेपालका मिडिया, एमालेकै कतिपय उच्च नेता र संसद सचिवालयले समेत थाहा नपाएको कुरा भारतीय मिडियाले कसरी थाहा पायो ? भन्ने विषयले यतिखेर चर्चा लिएको छ ।
प्रधानमन्त्री ओली राजीनामा दिन राष्ट्रपतिकोमा गएको “त्यहाँबाट उनी सम्बोधन गर्न संसद गए” आजतकले उल्लेख गरेको छ ।
सदनमा सम्बोधनका क्रममा प्रधानमन्त्रीले राष्ट्रवादको ठूलो चर्चा गरेपनि साँझ ५ बजेर ३५ मिनेटमा सम्बोधन गर्न शुरु गरेका प्रधानमन्त्रीको राजीनामाको समाचार साँझ ५ बजेर ४५ मिनेटमा भारतीय टेलिभिजनमा देखिनुलाई धेरैले अचम्मको विषय मानेका छन् । जबकि प्रधानमन्त्री ओली मन्त्रीमण्डलले आधा घण्टा अगाडि मात्रै बाधा अड्काऊ फुकाउका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
भारतीयहरुसँग ओली मन्त्रीमण्डलका सदस्य र उनकै निकटतमहरुको निकट सम्बन्ध भएकै कारण यो कुरा भारतीय मिडियाले ब्रेक गरेको श्रोतले बतायो । एभरेष्टदैनिकमा समाचार छ ।