२३ चैत ०७४, काठमाडौं । तीन दिने अाैपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय जनता पार्टीका पूर्वअध्यक्ष एवम् गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।
प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको जहाजबाट शुक्रबार बिहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग शनिबार भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।













