प्रधानमन्त्री ओलीले दिए राष्ट्रपतिसमक्ष राजीनामा

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा गर्दै राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसकेको सदनलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओली गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले नयाँ सरकार गठनका लागि अवरोध नहोस् भनेर बाधा अड्काउ फुकाउका लागि सिफारिस गरेको जानकारी दिए ।

तपाइको मत