प्रधानमन्त्री ओली माओवादी केन्द्रको पोलिटब्यूरो बैठकमा प्रवेश गरेपछि प्रचण्ड अलमलमा

२१ असार, काठमाडौं ।

KP-Prachandaवर्तमान सरकार ढालेर सहमतिको सरकार गठन गर्न भन्दै नेकपा माओवादी केन्द्रले पोलिटब्यूरो बैठक बोलाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको विषयले माओवादी केन्द्रको पोलिटब्यूरो  बैठकमा प्रवेश पाएको छ ।

बैठकका लागि आन्तरिक गृह कार्य नपुगेको भन्दै ११ बजे बोलाइएको बैठक दिउसो १ बजेको लागि सारिएको प्रचण्डको सचिवालयले बताएको छ । सरकार परिवर्तन गर्न नहुने र तत्काल सरकार परिवर्तन गर्नु पर्ने पक्षमा माओवादी केन्द्रभित्र नै मत विभाजन भएपछि अध्यक्ष प्रचण्ड अलमलमा परेका छन् ।

आजको बैठकमा आगामी महाधिवेशनपछि बन्ने १ सय ९९ केन्द्रीय समितिको सदस्यलाई पोलिटब्यूरो बैठकले अनुमोदन गर्ने एक नेताले बताएका छन् । आजको पोलिटब्यूरो बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग सोमवार भएको भेटवार्ताको बारेमा पनि जानकारी गराउने ती नेताले बताए ।

नेपाली कांग्रेस ‘रअ’को योजनामा माओवादी सिध्याउन नयाँ खेल सुरु :

भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ्ग्स’ रअको योजनामा नेपाली कांग्रेस मिलेर नेकपा माओवादी सिध्याउन नयाँ खेल सुरु गरेका छन् ।

त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदको ललीपप देखाएर सरकारबाट बाहिर निकाल्ने र सरकारमा समर्थन नदिलाउने नयाँ खेल सुरु भएको हो । यो खेलमा नेकपा एमालेको माधव नेपाल समूहको पनि ढाडस रहेको स्रोतले जनाएको छ ।

कांग्रेस र रअले सरकार परिवर्तनका लागि प्रचण्डलाई उकासेका छन् । प्रचण्डलाई प्रधानमन्त्रीको पद दिने लोभ देखाउनका लागि एमालेका नेपाल लगायतका नेताहरुको पनि प्रयोग गरिएको छ ।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पौने २ घन्टाको भेटवार्ताका क्रममा पनि प्रचण्डले सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएको बालुवाटार स्रोतले बतायो । ‘मैंले थाम्न नसक्ने भएँ, सरकारबाट समर्थन फिर्ता लिनुपर्ने भयो । पार्टीभित्र पनि अप्ठ्यारोमा परेको छु ।’, हतास मुद्रामा रहेका प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘काम पनि केही भएन, सरकार परिवर्तन नगरी नहुने भयो ।’

प्रचण्डले आफुलाई आइपरेको दबाब र गुनासो चेतावनीपूर्ण ढंगले राखेको केहीबेरमा नै कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका थिए ।

बालुवाटार वार्ताका क्रममा देउवाले सरकार फेर्ने भन्दा पनि माओवादी सिध्याउने योजना आफूले बनाएको प्रधानमन्त्री ओलीलाई सुनाएका थिए । ‘जसरी पनि माओवादी सिध्याउने हो, माओवादीले फिर्ता लिए स्थानीय चुनावसम्म कांग्रेसले सरकार टिकाउन समर्थन गर्नेछ, अर्को आम निर्वाचन गराउने सरकारको नेतृत्व मलाई दिने लिखित सहमति गर्नुहोस् ।’, ओलीलाई देउवाले राखेको प्रस्तावको जानकारी दिँदै उच्च स्रोतले भन्यो,‘माओवादी नसिध्याई कांग्रेस एमालेको केही सीप नचल्ने भयो ।’

रनभुल्लमा पारिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार (आज) सरकारबाट समर्थन फिर्ता लिने चेतावनी ओलीलाई दिएका छन् । ओलीले प्रचण्डको प्रस्ताव नमाने सम्भवतः आजै सरकारबाट माओवादी बाहिरीने  जनप्रहार साप्ताहिकमा खबर छ ।

तपाइको मत