प्रधानमन्त्री ओली भाँच्चिन तयार, सच्चिन तयार नहुने मान्छे रहेको नेपालको भनाई

२८ पुस ०७७, कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गल्ती स्वीकार्न आग्रह गरेका छन् । नभए उनको पतन अनिवार्य भएको समेत बताएका छन् ।

मंगलबार कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय बृहद् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्षद्वय (प्रचण्ड–माधव)ले गल्ती प्रधानमन्त्री ओलीलाई स्वीकार गर्न र प्रतिनिधिसभा विघटनको निर्णय सच्याउन आग्रह गर्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि गण्डकी पुगेर प्रदेशस्तरीय कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गरेका नेकपाका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओेलीलाई भने, “इतिहासमा कलंकको टीका लगाई सक्नुभयो, अब पुछिँदैन ।’

यस्तै अर्का अध्यक्ष माधव नेपालले ओली भाँच्चिन तयार हुने, सच्चिन तयार नहुने मान्छे रहेको बताए ।

“अहिले पनि सच्चिनुस्, गल्ती स्वीकार गर्नुस्, क्याबिनेटबाट एउटा प्रस्ताव पास गर्न सक्नुहुन्छ । संवैधानिक महत्व नभएपनि राजनीतिक महत्व हुन्छ,” उनले भने, “ओली भाँच्चिन तयार हुने, सच्चिन तयार नहुने मान्छे भएकाले संसद विघटनको गल्ती स्वीकार गरेर आउने सम्भावना कमै छ ।”