प्रधानमन्त्री ओली र उनका पिए भण्डारीलाई दुरुपयोग गर्दै धनपति सापकोटा !

dhanpatiकाठमाडौं । काठमाडौं महानगपालिकामा भ्रष्टाचार गरी शक्ति केन्द्रसँग पहुँच बढाउँदै आएका धनपति सापकोटाले आफ्नो स्वार्थ पूर्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र उनका पिए इन्द्र भण्डारीलाई दुरुपयोग गर्न थालेका छन् । नगर निरीक्षक भए पनि महानगरमा भ्रष्टाचारीका नाइके भनेर चिनिने सापकोटाले आफ्नो शैक्षिक योग्यता र क्षमता अरु निरीक्षकहरुको भन्दा कम भएका कारण हुन लागेको बढुवालाई रोक्न प्रधामन्त्री ओलीलाई दुरुपयोग गर्न लागेका हुन् ।

कार्यकारी प्रमुख रुद्रसिंह तामाङलाई समेत उनले गुमराहमा राखी निरीक्षकहरुको बढुवा रद्द गराउन प्रधानमन्त्रीमार्फत दबाब दिएका छन् । स्नातकमात्र उतिर्ण गरेका सापकोटाले स्नातकोत्तर गरेका निरीक्षकहरुको डिएसपीमा हुन लागेको बढुवा रद्द गराई आफै पुनः प्रमुख बन्ने खेलमा लागेपछि महानगरमा यो विषयले ठूलो रडाको मच्चिएको छ ।

महानगर स्रोतका अनुसार १२ वर्षसम्म नगर सुरक्षा प्रमुख रहेर अरुलाई बढुवा हुन नदिएका सापकोटाले यो अवधिमा काठमाडौं बाहेक बाहिरी जिल्लाहरुमा समेत करोडौं मूल्यको जग्गा जमिन जोडिसकेका छन् भने आफन्त र साथीहरुसँग मिलेर व्यापार व्यवसायमा करौडौं रुपैयाँ लगानी गरेका छन् । माई न्युज नेपालमा खबर छ ।

तपाइको मत