प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्री माताफाबीच भेटवार्ता

९ असोज ०८१, न्युयोर्क÷अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्री माताफाबीच सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो ।

त्यसअघि प्रधानमन्त्री ओलीले फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबसँग पनि भेटवार्ता गरेका थिए ।