प्रधानमन्त्री चयनका लागि संसदमा बुधबार निर्वाचन हुने

१७ साउन, काठमाडौं । नयाँ प्रधानमन्त्री चयनका लागि सहमति गर्न दलहरु असफल भएपछि व्यवस्थापिका संसदमा बुधबार निर्वाचन हुने भएको छ ।

8

राष्ट्रपति विद्या भण्डारीले दलहरु सहमतीय सरकार गठन गर्न असफल भएपछि  संसदमा रहेका दलहरुलाई बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

सभामुख ओनसरी घर्तीले सोमबार बसेको संसद बैठकमा प्रधानमन्त्री चुनावका लागि १९ गते विहान ११ बजेको बैठक तोक्दै निर्वाचनका लागि आवश्यक प्रक्रिया सुरु गर्न महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएकी छन् ।

संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार प्रधानमन्त्रीका लागि ल्होत्से हलमा विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ भने ४ः३० बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ ।

बुधबारको विहान ११ बजे सुरु हुने व्यवस्थापिका संसद बैठकले नयाँ प्रधानमन्त्री चयन गर्नेछ ।

तपाइको मत