प्रधानमन्त्री छनोट गर्न आज व्यवस्थापिका–संसद् निर्वाचन हुँदै

१९ साउन, काठमाडौं । संविधानको धारा २९८ को उपधारा ३ अनुसार संसदमा बुधबार बिहान ११ बजे नयाँ प्रधानमन्त्री छनोट गर्न व्यवस्थापिका–संसद् निर्वाचन हुँदैछ ।

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावकमा कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा र समर्थनमा १६ दलले समर्थन गरेका छन् । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मात्र उम्मेदवारी दर्ता भएको छ ।

व्यवस्थापिका–संसद् नियमावलीको नियम ४९ को उपनियम ४ अनुसार प्रचण्डले आफ्नो उम्मेदवारीको सूचना संसद् बैठकमा प्रस्तुत गर्ने छन् । प्रस्तावक र समर्थक सदस्यले समर्थन गर्नेछन् ।

प्रधानमन्त्रीमा उमेदवार नउठाएको नेकपा एमालेले कांग्रेस माओवादी गठबन्धनका उमेदवारको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

तपाइको मत