२५ भदौ ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा दुई नम्बर प्रदेशमा काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्न जाने भएका छन् ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पार्टी शीर्ष नेताहरुलाई लिएर मंगलबार मधेस झर्ने तयारी गरेका छन् ।
देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
कांग्रेसका अनुसार २७ गते १ बजे सप्तरी र ४ बजे सिरहामा चुनावी सभा राखिएको छ ।
यसैगरी २८ गते १ बजे धनुषामा र ३ बजे महोत्तरीमा, २९ गते १ बजे सर्लाही र ४ बजे रौतहटमा हुने चुनावी सभालाई नेताहरुले सम्बोधन गर्ने छन् ।
३० गते १ बजे बारा र २ बजे पर्सामा चुनावी सभा राखिएको कांग्रेसले जनाएको छ ।













