प्रधानमन्त्री देउवा र चिनियाँ उपप्रधानमन्त्री याङबीच भेटवार्ता

३२ साउन ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङबीच बुधबार भेटवार्ता भएको छ ।

भेटमा द्विपक्षीय हितका विषयमा भएको कुराकानीका क्रममा प्रधानमन्त्री देउवाले नेपाल चिनियाँ राष्ट्रपति शी जिनपिङलाई स्वागत गर्न आतुर रहेको बताएका छन् ।

जवाफमा चिनियाँ उपप्रधानमन्त्री वाङले राष्ट्रपति चाँडै नेपाल आउने र भ्रमणको मिति कूटनीतिक स्तरबाट तय हुने जवाफ दिएका छन् ।

प्रधानमन्त्री देउवाले भूकम्पले क्षतिग्रस्त भएको अरनिको राजमार्ग पुनर्निर्माण छिटोे गर्नु पर्नेमा जोड दिएका छन् । चिनियाँ उपप्रधानमन्त्री वाङले चीनले अघि सारेको वेल्ट एण्ड रोड इनिसेटिभ (बीआरआई)बारे चासो व्यक्त गरेका थिए ।

दुई नेताको भेटमा सिगात्सेबाट काठमाडौं, पोखरा हुँदै लुम्बनी जोड्ने रेलमार्ग निर्माणबारे पनि कुराकानी भएको देउवाको निजी सचिवालयले जनाएको छ ।

तपाइको मत