प्रधानमन्त्री देउवा र पूर्वराजा शाहले गरे तिहारको टीका ग्रहण

४ कार्तिक ०७४, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहिनी दुर्गा चन्दको हातबाट तिहारको टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्री देउवाले पञ्चाङग निर्णायक समितिले तोकेकोसाइत ११ बजेर ५१ मिनेटमा आफ्नै निवास बुढानिलकण्ठमा टीका ग्रहण गरेका हुन् ।

यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले भने बिहान १०ः ४५ बजे नै टीका ग्रहण गरेका छन् । पूर्वराजा शाहले आफ्नी कान्छी बहिनी शोभा शाहीसँग  कमलादी निवासमा टीका ग्रहण गरेका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत विहान ११ बजेर ५१ मिनेटमा रहेको बताए पनि ज्ञानेन्द्रले भने १० बजेर ४५ मिनेटको साइतमा टीका ग्रहण गरेका हुन् ।

तपाइको मत