
११ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अघि नै भारतका लागि नेपाली राजदुत नियुक्ति गर्ने बारे कुराकानी भइरहेको बताए ।
मन्त्री महतले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा भारत र चीन दुवै देशमा राजदूत नियुक्ति गर्ने र खाली रहेका मुलुकहरुमा पनि छिट्टै राजदूत नियुक्ति गरी सु-सम्बन्ध विकसित गर्ने बताएका हुन् ।
उनले आर्थिक रुपले प्रगति गरिरहेका दुई ठूला छिमेकी राष्ट्र भारत र चीनबाट नेपालले बढी भन्दा बढी फाइदा लिन सक्ने गरी विश्वासको आधारमा सम्बन्ध विकसित गरी अघि बढ्ने बताए ।













