प्रधानमन्त्री प्रचण्डले बालुवाटार बोलाए कांग्रेससहित मधेशी मोर्चाका नेतालाई

१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहित मधेशी मोर्चाका नेताहरुलाई छलफलका लागि बोलाएका छन् । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाका नेताहरुबीच  छलफल भइरहेको छ ।

प्रधानमन्त्रीले मधेशी मोर्चाले आफ्नो माग पूरा गर्न सरकार जिम्मेवार नभएको भन्दै आन्दोलनको घोषणा गरेपछि कांग्रेससहित मधेशी मोर्चाका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।

प्रधानमन्त्रीले बोलाएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरु सभागी छन् ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भए पनि आफूहरुको माग सम्बोधन नहुने मधेशी मोर्चाले बताएको छ । साथै, संविधान संशोधन कि निर्वाचन भन्ने विषयमा दलहरुबीच विवाद भइरहँदा मोर्चाले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आज सोमबारको संसदमा निर्वाचनसमबन्धी थप विधेयकहरु पारित हुने बताइएको छ ।

तपाइको मत