११ पुुस ०७९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । आजै तीनजना उपप्रधानमन्त्री र चारजना मन्त्रीहरुले पनि शपथ लिएका छन् ।
तीन उपप्रधानमन्त्रीहरु विष्णु पौडेलले अर्थ, नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार र रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै मन्त्रीहरु ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले बिनाविभागीय मन्त्रीको रुपमा शपथ लिए ।
प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।













