काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले स्वतन्त्र सांसद प्रभु साहलाई गौर घटनाका दोषी भन्दै कारबाही हुनुपर्ने बताएका छन् ।
शनिबार जसपाका प्रवक्ता मनिष सुमनले ‘गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका’ विषयक विचार गोष्ठीमा अध्यक्ष उपेन्द्र यादवको राजनीति समाप्त गर्ने उद्देश्यले गौर घटनाको फाइल खोलिएको भन्दै यस्तो बताएका हुन् ।
प्रवक्ता सुमनले भनेका छन, ‘गौर घटनाको कोही दोषी छन् भने त्यो प्रभु साह हुन्, उनलाई कारबाही हुनुपर्छ ।’
जसपाका केन्द्रीय सदस्य जयराम यादवले प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार जोगाउनका लागि षड्यन्त्र गरिरहेको दाबी गर्दै जसपासँग भिड्ने दुस्साहस नगर्न चेतावनी दिए ।
‘फेरि त्यस्तै आन्दोलन नहुने भन्न सकिँदैन,’ यादवले भनेका छन्, बेलैमा प्रधानमन्त्री प्रचण्डलाई सचेत रहन आग्रह छ ।’
उनले गौर घटना हुँदा पार्टी अध्यक्ष उपेन्द्र यादव घटनास्थलका नरहेको भन्दै ती व्यक्तिलाई पनि घटनामा मुछेर फसाउन खोजिएको बताए ।