प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

२३ पुुस ०७९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भट्टराईको सचिवालयका अनुसार भेटमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग एकताको प्रक्रियालाई अघि बढाउने लगायतका समसामयिक विषयमा कुराकानी भएको थियो ।