८ मंसिर ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश मामिला राज्यमन्त्री सोल्तान बिन साद अल-मुरैखीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले भेटवार्तामा द्विपक्षीय हित, लगानी र श्रम सहयोगलगायतका विविध पक्षमा छलफल साथै विचार आदानप्रदान भएको जनाएको छ ।
नेपालको दुई दिने भ्रमणमा बिहीवार काठमाडौं आएका अल–मुखैरीले आज शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा भेट गरेका हुन् ।