१८ पुस ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् । भेटमा अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमूखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीलाई आग्रह गरका थिए ।
प्रचण्डका स्वकीय सचिव मनोहरीका अनुसार दाहालले प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको निर्वाचन र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमूख नियुक्त गर्न आग्रह गरेको बताए ।
भेटमा प्रधानमन्त्री देउवाले छिटै राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गर्न लागेको जानकारी दिँदै आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने जानकारी गराएका थिए । खुमलटारमा बसेको कार्यालय बैठकको छलफल सकेर प्रचण्ड सिधै प्रधानमन्त्री निवास पुगेका थिए ।













