१ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा संविधान संशोधनका विषयमा कुराकानी भएको छ ।
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री दाहाल बीचमा आज अपराह्न करिब ४५ मिनेट भएको कुराकानी सकारात्मक रहेको बताइएको छ ।
मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव १५ दिनभित्र व्यवस्थापिका–संसदमा प्रस्तुत गर्न प्रधानमन्त्री दाहाललाई ‘अल्टिमेटम’ दिएपछि सो विषयमा सहमति जुटाउन उनले सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेतृत्वबीच कुराकानी तीव्र बनाइरहेका छन् ।