प्रधानमन्त्री र जापानी राजदूतबीच भेट

३ पुस ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरेका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका हुन् । भेटमा आपसी हितका बारेमा कुराकानी भएको थियो ।

राजदूत ओगावा एक महिना बिदामा स्वदेश जानुअघि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।

तपाइको मत