२७ जेठ ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी नेेेेपालका शीर्ष नेतालाई सिंहदरबारमा वार्ताका लागि बोलाएका छन् ।
प्रधानमन्त्री देउवाले संविधान संशोधन नभई स्थानीय तह दोस्रो चरणको चुनावमा भाग नलिने बताइरहेका राजपाका नेेेतृत्वहरूलाई अाज अपराह्न्न वार्ताका लागि सिंहदरबारमा बोलाएका हुन् ।
प्रधानमन्त्री देउवाले शुक्रबार संसद बैठकलाई सम्बोधन गर्ने क्रममा संविधान संशोधन स्थानीय चुनावपछि मात्र हुने बताए पनि राजपा नेताहरुलाई चुनावमा जाने वातावरण बनाउने आश्वासन दिइसकेका छन् ।
राजपालाई चुनावमा आउनका लागि रहेकाे प्राविधिक समस्या समाधान गर्न संसदले स्थानीय तह निर्वाचन ऐनमा संशोधन गरिसकेको छ ।