प्रधानसेनापति क्षेत्री कंगो र दक्षिणी सुडानमा जाने

१८ चैत्र ०७४, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री शान्ति मिसनमा खटिएका नेपाली सेनाहरुको अवस्था बुझ्न कंगो र दक्षिणी सुडानमा जाने भएका छन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोली अवस्था बुझ्न सेनापति क्षत्री सोमबार त्यसतर्फ जाने भएका हुन् ।

भ्रमणका क्रममा क्षत्रीले राष्ट्र संघीय मिसनमा खटिएका विभिन्न देशका सैनिकसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

तपाइको मत