१९ साउन, मोरङ । अविरल वर्षाको कारण बाढी पीडित बनेका मोरङको गोविन्दपुर गाविसका ३२ घर परिवारलाई कोच प्रवासी महासंगठनले राहत वितरण गरेको छ ।
कोच प्रवासी महासंगठनको एकल पहलमा महासंगठनका संयोजक महेश राजवंशी साथै बुद्धिजीवी टेक बहादुर तामाङ, मनोज राजवंशी लगायतको उपस्थितिमा वडा नं. ८ र ९ का बाढी पीडित परिवारहरुलाई राहत वितरण गरिएको हो ।
कोच प्रवासी महासंगठनले बाढी पीडित प्रत्येक घर परिवारलाई ८ किलो चामल, आधा लिटर तेल र १ पोका आयो नुन वितरण गरेर ठूलो गुन लगाएको गोबिन्दपुर ९ का स्थानीय बाढी पीडित हिरा ऋषिदेवले बताए । यस अघि संगठनको नाम कोच प्रवासी महासंगठन हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ । – सं.