
९ भदौ ०७९, कास्की । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मणिपाल इकाई समितिको पाँचौं सम्मेलनबाट नरेश श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज एसबी थापा मगरको प्रमुख आतिथ्यमा भएको सम्मेलनले श्रेष्ठको अध्यक्षतामा उक्त समिति गठन गरेको हो ।

सम्मेलनले नवनिर्वाचित कमिटीको बरिस्ठ उपाध्यक्षमा रोशन सिंह, उपाध्यक्ष हिरा सोती मगर, चेतकुमार बराल, सचिव बिरेन्द्र पराजुली, सहसचिव गणेश थपलिया र कोषाध्यक्ष असिन तामाङ चयन गरेको छ ।
यस्तै सदस्यहरूमा अन्जु नेपाली, आशा देवकोटा, ऐश्वर्य केसी, तिर्थ गुरुङ, टीकाराम भुसाल, सरस्वती गुरुङ चयन भएका छन् ।

उक्त भेलामा अन्टुफ गण्डकीका सचिव भोजराज खत्री, कोषाध्यक्ष टंक पौडेल, सेक्युरिटी मजदुर गण्डकीका अध्यक्ष मंगल लिम्बू, सञ्चार, छापाखाना तथा संघ संस्था गण्डकीका अध्यक्ष सुकवीर तामाङ साथै कांग्रेस निकट स्वास्थ्य श्रमिक मणिपाल इकाई अध्यक्ष नवराज भण्डारी, एमाले निकट स्वास्थ्य श्रमिक मणिपाल इकाईका अध्यक्ष अमृतबाबु पौडेल लगायतको आतिथ्य रहेको थियो ।

मणिपाल इकाईका निवर्तमान अध्यक्ष छवि पौडेलको अध्यक्षता साथै सचिव बिरेन्द्र पराजुलीको सञ्चालनमा भएको उक्त सम्मेलनमा स्वागत मन्तव्य कमल अधिकारीले राखेका थिए ।
सो सम्मेलन स्थगित गर्न वा अस्पताल परिसरबाहिर गर्नका लागि अस्पताल प्रशासनले इकाई समितिलाई प्रहरी प्रशासनमार्फत दबाब दिएका थिए ।
पेट्रोलियम डिलर्स एशोसियसनलाई ध्यानाकर्षण पत्र

यसैबीच कास्कीको चाउथेमा अखिल नेपाल पेट्रोलियम मजदुर संघका केन्द्रीय अध्यक्ष शिव पाखरेलले “गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसन“का अध्यक्ष राजन गोंगजुलाई अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापा मगरको उपस्थितिमा पेट्रोलियम मजदुरको न्युनतम् पारिश्रमिक, योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयनका लागि ध्यानाकर्षण पत्र बुझाएका छन् ।













