१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा तीन महिना अघि गठित ११ सदस्यीय संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समितिले प्रशासन पुनर्संरचना समितिलाई ठोस खाका पेश गर्न निर्देशन दिएको छ ।
मुख्यसचिवको अध्यक्षतामा संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समिति गठन भएको थियो । शुक्रबार पहिलो पटक सिंहदरवारमा निर्देशक समितिको बैठक बसेको छ ।
सामान्य प्रशासन मन्त्री रेखा शर्माको अनुसार बैठकमा मन्त्रालयहरुको संख्या घटाउने र दरबन्दी कटौती गर्ने विषयमा सामान्य छलफल भएको र आगामी बैठकमा मन्त्रालयको संख्या र कर्मचारीको दरबन्दी विषयमा मस्यौदासहित छलफल हुनेछ ।
नयाँ संविधानमा मन्त्रीहरुको संख्या २५ भन्दा बढी नहुने व्यवस्था छ ।